Logo

नेपाल मेडिसिटीद्धारा यु–१६ महिला च्याम्पियनसिप छनौटमा सेवा प्रदान



ललितपुर, ३ असोज । एएफसी यु–१६ महिला च्याम्पियनसिप क्वालिफायर २०१९ का लागि एन्फासंग गरिएको सम्झौता अनुसार आजबाट ७ गतेसम्म जारी रहने महिला च्याम्पियनसिप छनौटको खेलका क्रममा उपचार तथा ग्राउण्ड सपोर्टका लागि नेपाल मेडिसिटी अस्पतालले सेवा प्रदान गर्ने भएको छ ।

मंगलबार गरिएको सम्झौतामा नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र एन्फाका तर्फबाट महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका थिए ।

सन् २०१९मा हुने ए.एफ.सी यु–६ महिला फुटबलको छनौटका लागि समुह ‘इ’ अन्तर्गत हलचोक मैदानमा जारी खेलमा नेपाललगाायत म्यानमार, फिलिपिन्स र मलेसियाको सहभागिता रहेको छ ।

खेलाडीहरुको उपचारका लागि नेपाल मेडिसिटीको अत्याधुनिक ए सि एल डब्लु एम्बुलेन्स, मोबाइल क्लीनिक, प्यारामेडिक्ससहितको मेडिकल टिम मैदानमा तयारी अवस्थामा रहेको छ । साथै मैदानमा घाइतेहरुको आकस्मिक उपचार गरिने र आवश्यक परेको खण्डमा अस्पतालमै पु¥याएर सेवा दिने व्यवस्था मिलाईएको अस्पतालले जनाएको छ ।

असोज ३ गतेदेखि ७ गतेसम्म जारी रहने खेलमा हरेक किसिमको उपचार दिन अस्पताल तयार रहेको महाप्रबन्धक रिमालको भनाई छ ।

मैदानमा दुर्घट्ना निम्तिएको अवस्थामा विशेष उपचारका लागि पूर्णरुपमा अस्पताल तयार रहेकोमा उनले जोड दिए । नेपालको सहभागिता रहेको अन्तराष्ट्रिय खेल प्रतियोगितामा मेडिकल पार्टनर रहन पाएकोमा रिमालले खुशी व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्