Logo

डोल्पामा यसरी मना्रईयो संविधान दिवस



डोल्पा । संविधान दिवसको अवसरमा ठुलिभेरी नगरपालिकाले विभिन्न कार्यक्रम गरेर मनाएको छ । संविधान बनेको तेस्रो वर्षको उपलक्ष्यमा भएको कार्यक्रमको प्रमुख अतिथिमा डोल्पाका पूर्व जिविस सभापति जगतबहादुर कठायत रहेका थिए भने कार्यक्रमको सभापतिमा नगर प्रमुख गणेशबत्रहादुर शाही थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कठायतले संविधानको औचित्य तथा महत्व माथि प्रकाश पारेका थिए । नगर प्रमुख शाहीले भने संविधानले नेपालमा विकासको ढोका खोलेको बताए । संविधानले आउँदो वर्षहरुमा सबैको अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने उहाँले बताए ।

कार्यक्रममा नगरपालिका जनप्रतिनिधि तथा सो क्षेत्रका शिक्षक र विद्यार्थीको पनि उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै आदर्श माविका प्रअ पूर्णबहादुर डागीले डोल्पामा आयोजित संविधान कार्यक्रमले सबै नगरबासीलाई हर्षित गराएको बताए ।

संविधान दिवसको कार्यक्रम आदर्श माविमा भएको थियो । स्वागत मन्तव्य नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार यादवले राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्