Logo

सत्तारुढ दलको नेतामा जापानी प्रधानमन्त्री अबे पुनः बिजयी



काठमाडौँ । जापानका प्रधानमन्त्री सिन्जो अबे सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित भएको बताइएको छ ।

यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । जापानी प्रधानमन्त्री अबे ६३ वर्षका भएका छन ।

उनले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गरेको बताइएको छ । उनको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गरेका थिए। नेता इसाबा जापानको पूर्व रक्षामन्त्री रहेका थिइ ।

जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वातित भएका थिए । उनी पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उनको सपना पूरा हुने देखिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्