Logo

सांसद देवेन्द्र पौडेलले गरे तुरतुरे पहिरोको स्थलगत अवलोकन



कौरव खत्रीः गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा बागलुङ क्षेत्र नं २ का सांसद देबेन्द्र पौडेल ढोरपाटन नगरपालिका र बडिगाड गाउपालिकाको सिमानामा अवस्थित तुरतुरे पहिरोको स्थल अवलोकन गरेका छन् ।

सांसद पौडेलले पहिरो अवलोकन पछि यसपटक प्रकृतिले समस्या गम्भिर रुपमा सिर्जना गरेको बताए । पौडेलले भने,‘पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्व हुनुको साथसाथै नजिकिदै गरेका महान चाड बडा दशैं र तिहारलाई लक्षित गरि सडक सुचारु गर्न, दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन सरकार जिम्मेवारी भएर आफनो कार्य सम्पादनमा लागेको छ ।

पहिरो पछि बनेको ताल र पहिरो व्यवस्थापनको लागि कुन प्रकारको प्रविधि प्रयोग गरेर हुन्छ नेपाली सेना सॅग गम्भिर कुरा भईरहेको र रक्षा मन्त्रालयले पनि सडक सुचारु गर्न चासो दिएको बताए । ताल बनेर जमेको पानी लाई खोलेर व्यवस्थापन गर्ने कि यहि रुपमा राखेर व्यवस्थापन गर्ने भन्ने विषयमा समेत छलफल भईरहेको छ ।

त्यसको लागि यहॉका जनतासॅग बसेर ढुङगो लगाउने समेत उहॉले जानकारी दिए । त्यस्तै बडिगाड खोलाका तटिय क्षेत्रका स्थानियलाई कतै यो ताल फुटेर हामीलाई बगाउने हो कि हानी नोक्सानी पुराउने हो कि भन्ने आशॅकालाई पनि विश्वासमा लिएर यसको व्यवस्थापनको निमित्त तालको व्यवस्थापन, सडकको व्यवस्थापन र तटिय क्षेत्रका बासिन्दाको आतङकित मानसिकतालाई त्यसको व्यवस्थापन छिट्टै नेपालमा रहेको उच्च स्तरको प्रविधि प्रयोग गरि तीव्र गतिमा नेपाली सेनाको सहयोगमा यसलाई उद्वार गर्न सांसद देखि सरकारको विभिन्न मातहत लागि परेको पौडेलले बताए ।

अवलोकनका क्रममा बडिगाड गाउपालिकाका अध्यक्ष मेहरसिङ पाईजा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला प्रतिनिधी ज्ञामनाथ गैरे अनिल, स्थानिय समाजसेवी त्यहॉ पुगेका थिए ।

सांसद पौडेललाई पहिरो र त्यहॉका सम्पुर्ण गतिविधिको बारेमा बडिगाड गाउपालिका अध्यक्ष मेहरसिङ पाईजाले स्थलगत जानकारी गराउदै तत्काल यसको समाधानमा लाग्न आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्