Logo

असोज १२ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘अनुराग’को अन्तिम गीत सार्वजनिक



काठमाडौं । यहि असोज १२ गतेलाई प्रदर्शनको मिति तय गरिएको चलचित्र ‘अनुराग’को अन्तीम गीत सार्वजिनक गरिएको छ । चलचित्र ‘अनुराग’मा समावेश ‘तिम्रो स्वरमा’ बोलको गीतमा लोकप्रिय यूवा गायक प्रताप दासको आवाज रहेको छ । चलचित्र ‘अनुराग’का निर्देशक सत्यराज चौलागाई कै शब्द रहेको उक्त गीतमा सरोज पोखरेलको संगीत रहेको छ ।

नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । कान्छा दाई र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा आजमात्रै सार्वजनिक भएको गीतले झनै उत्सुकता बढाएको छ ।

चलचित्र ‘अनुराग’ मा राजाराम पौडेल, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेकोछ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

पत्रकार ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । ‘अनुराग’मा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन । भरत गौतम र गीता भेटुवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।



प्रतिक्रिया दिनुहोस्