Logo

स्वास्थ्य चौकीलाई प्रवासीद्धारा भिडियो एक्स–रे मेसिन हस्तान्त्ररण



कौरव खत्री: गुल्मीः बाग्लुङको हटियामा रहेको हटिया स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्त्रण गरिएको छ । गलकोट नगरपालिका ३ मा रहेको स्वास्थ्य चौकीलाई गलकोट क्षेत्रका महिलाहरुले सेवा प्राप्त गरुन भन्ने उद्येश्यले उक्त मेसिन सामाजिक संस्था घुम्टे युवा परिवार मल्मका सल्लाहकार समितिका संयोजक तथा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र अध्यक्ष थम्मन थापा सन्देशले हटिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा गलकोट नगरपालिका ४ का वडा अध्यक्ष बल बहादुर खत्री र स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीलाई हिजो अर्थात शुक्रवार हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा रोजगारीको शिलशिलामा जापानमा रहेका गलकोटे दिदीबहिनी र घुम्टे युवा परिवार जापान शाखा र शिवज्योति युवा कल्व जापान शाखाको प्रशंसा गरिएको थियो ।

त्यस्तै जसरी दाताहरुले आफनो जन्मभुमि र गलकोटे महिला दिदीबहिनीको स्वास्थ्य समस्यालाई लक्षित गरि मेसिन सहयोग भएको छ त्यहि अनुरुप प्रयोग गरि गर्भवती महिलालाई स्वास्थ्य लाभ प्रदान गर्न स्वास्थ्य चौकीलाई सुझाव समेत दिएका छन ।

हरितालिका तीजको अवसरमा गलकोट दिदीबहिनी समुह, घुम्टे युवा परिवार जापान शाखा र शिवज्योति युवा कल्व जापान शाखाले तीज कार्यक्रम आयोजना गरि संकलित रकमबाट रु ७ लाख ५० हजारको उच्च प्रविधिको भिडियो एक्स रे मेसिन खरिद गरिएको थियो । आफनो कमाईको केहि अंशलाई सामाजिक क्षेत्रमा सहयोग गर्दै विशेष गरि गर्भवती महिलाको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै उक्त भिडियो एक्स रे मेसिन हटिया स्वास्थ्य चौकीलाई सहयोग गर्ने निर्णय गरिएको गलकोट दिदीबहिनी समुहका संयोजक कालिका थापाले बताउनुभयो ।

स्वास्थ्य चौकीलाई भिडियो एक्स रे मेसिन हस्तान्तरण गरिए पछि अब गलकोट क्षेत्रका गर्भवती महिलालाई थप सुविधा भएको छ । कार्यक्रममा गलकोट नगरपालिका भित्रका जनप्रतिनिधी, राजनैतिक दलका प्रमुखहरु, गलकोट समाज गलकोटका पदाधिकारी, समाजसेवी, घुम्टे युवा परिवारका कार्य समिति पदाधिकारी, शिवज्योति युवा कल्वका पदाधिकारी, हटिया प्रहरी चौकी प्रमुख, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

भिडियो एक्स रे मेसिन हस्तान्तरण कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, गलकोट समाज गलकोटका अध्यक्ष हर्क पाण्डेको स्वागत र घुम्टे युवा परिवार मल्मका सहसचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot