Logo

तल्लो तहसम्म पार्टी एकीकरण गर्नुपर्छ : प्रचण्ड



चितवन, ६ असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले पार्टीको तल्लो तहसम्मका कमिटी एकीकरण हुन नसक्दा प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक सहयोग हुन नसकेको बताउनुभएको छ ।

अध्यक्ष चयन भएपछि आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रदेशदेखि गाउँसम्म एकीकरण छिटो गर्नुपर्ने बताउनुभयो । पार्टीले पूर्णता नपाउँदा सरकार र स्थानीय तहबाट भए गरेका सकारात्मक काम जनतामाझ पुग्न नसकेको उहाँको भनाइ थियो ।

पार्टी एकता भनेको देशको रुपान्तरण भएको भन्दै उहाँले अहिले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा साकार पार्न तल्लो तहसम्म पार्टी एकीकरणको अनुभूति हुने गरी काम गर्नुपर्ने बताउनुभयो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्