काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रका धरोहर वरिष्ठ गायक नारायण रायमाझीको १४ वर्ष अघि रेकर्ड भएको गीत ‘लाईछौ बेसन’ को रिमेक सार्वजानिक गरिएको छ ।
करिव १४ अघि रिमा रेकर्डिङ्ग स्टुडियोले बजारमा ल्याएको वहुचर्चित लोक तथा दोहोरी गीत ‘लाईछौ बेसन’ लाई नयाँ एरेन्जमेन्ट सहित नयाँ भिडियो निमार्ण गरेर रिमा इन्टरटेन्टमेन्टले रिलिज गरेकोे सत्यवति कलाकेन्द्रका निर्देशक उदीराम खड्काले जानकारी दिएका छन् ।
कुनैबेला निकैनै लोकप्रिय बनेको यस गीतको भिडियोमा वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको थियो । युटुवमा रहेको पुरानो गीतको भिडियो मधुरो देखीने र आधुनिक परिवेश अनुसार नभएकोले ‘रिमेक’ गरेर ल्याइएको गायक रायमाझीले बताए ।
लय पुरानै भएपनि शब्द र भिडियोमा देखीने कलाकारहरुलाई समय सापेक्ष बनाइएको निमार्ण पक्षको दाबि छ । रिमेक गरिएको गीतमा नारायण रायमाझी, मेलिना राई र बिबि अनुरागीले स्वर दिएका छन ।
संगीत रायमाझी आफैले गरेका हुन भने शब्द रमेश बिजिले सृजना गरेका हुन । भिडियोमा निर्देशन तथा कोरियोग्राफी विवेक खड्का र बिन्दु खड्काको रहेको छ ।
अन्य कलाकारहरु शेरबहादुर गुरङ, मनोज खड्का, मिराज अर्याल, सुमित्रा तामाङ, पुजा मर्हजन, मिरा खड्का,विकास गुरुङ, रोजिना गुरुङ, सुनिल घतानी लगायत रहेका छन ।
विन्दु खड्का, बिवेक खड्का र मनोज खड्का कलाकार तथा सत्यवति कलाकाकेन्द्रका निर्देशक उदीराम खड्काका छोरी र छोरा हुन । तीन दिन अघि सार्वजनिक गरिएको उक्त गीत दुई नम्बर टे«ण्डिङमा पुग्न सफल भएको छ । यो समाचार तयार पार्दासम्म ८ लाख बढिले दृश्यअम्लोकन गरि सकेका छन् ।