काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा कालिकोटका मंगल शाही भारि मतकासाथ विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसनिकट रवि सिंहको वहुमत संख्या विजयी भएपनि शाहीले भारि मत पाउन सफल भएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा विजयी भएका शाही मंगल दिप मल्टि प्रपोज प्रालिका प्रबन्ध निर्देशक समेत हुन ।शाही पछिल्लो विगत ७ वर्षदेखि निर्माण व्यवसायमा सक्रिय छन् । बिगत लामो समयदेखि विधार्थी राजनिति गर्दै आएका शाही नेकपासँग नजिक छन् ।
काठमाडौंमा सम्पन्न महासंघको ११औं अधिवेशनले सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वामपन्थी समूहबाट प्रतिस्पर्धामा रहेका यक्षध्वज कार्की, कांग्रेसनिकट रामशरण देउजा र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम मानन्धरलाई पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक गठबन्धनबाट युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेका छोरा हुन ।
यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन दाहाल, नीतिगत उपमहासचिवमा टंकप्रसाद चौलागाई, आन्तरिकतर्फको उपमहासचिवमा नरहरी थपलिया विजयी भएका छन् ।
कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोसाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन् । महाधिवेशनले सातै प्रदेशबाट क्रमसः १ बाट धिरेन्द्र दाहाल, २ बाट सुरेन्द्रप्रसाद सिंह, ३ बाट पेम्बा लामा शेर्पा, गण्डकी प्रदेशबाट राजेन्द्र पहाडी, ५ बाट टोपबहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्नबहादुर खड्का र ७ बाट टेकबहादुर सेटी निर्वाचित भएका छन् ।