Logo

दुईमहिना बित्यो तर निर्मलाका हत्यारा पक्राउ परेनः अध्यक्ष वर्मा



काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिँसाका, विभेदका घटनामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा अन्तर पार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो ।

सञ्जालकी अध्यक्ष नीलम वर्माले प्रेस विज्ञप्ती वाचन गर्दै दुई महिना पहिले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी छन ।

उनले भनिन्,‘हाम्रो देशमा सरकार छ या छैन् ? के काम गरिरहेको छ ? यतिका हत्या भईरहँदा, यतिका बलात्कारका घटनाहरु बढिरहेका छन्, बलात्कार, हत्या र एसिड आक्रमण गर्नेहरुलाई कडा भन्दा कारबाही गरियोस्, अपराधिहरुलाई तत्काल पक्राउ गरेर पीडितलाई न्यायदिने काम गरोस्, हामीले आज ७७ वटै जिल्लामा प्रधानमन्त्रीको ध्यानाकार्षण गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाएका छौैं, हामीले उठाएका मागहरु सम्बोधन गर्नुपर्छ, हामीले महिलाहिँसाको अन्त्य चाहेका छौं, शान्ति अमन चयन खोजेका छौं, तर सरकार यसमा असफल भईरहेको छ ।’

उनले अघि थपिन्,‘न्याय माग्न सडकमा निस्किदा गोलि खानुपर्ने स्थिति छ, सरकारले भिड नियन्तरण गर्न अन्य तरिका हुँदापनि गोलि हान्ने र समाजलाई उत्तेजित पार्नेकाम सरकारबाट भएका छन्, न्याय पाउन आन्दोलन गर्नैैपर्ने स्थिति किन आउँदै छ ? के गरिबले यसरी न्याय पाउन सक्छन् ?’

त्यस्तै सञ्जलाकी महासचिव कल्याणी रिजालले ५१ प्रतिशत नारीहरुको उपस्थिति रहेको नेपालमा महिला हिँसाका घटनाका बारेमा सरकार गम्भिर नदेखिएको बताईन ।

उनले भनिन्, ‘हाम्रो देशमा ५१ प्रतिशत महिला छन्, के हामी महिला भएर जन्मीनु दोष हो ? के हामी राम्री हुनुदोष हो ? के हामीले पुरुषको ईच्छा अनुसार आफूलाई समर्पण गर्नै पर्ने हो ? शारिरिक सम्बन्ध गर्न तयार नहुँदा एसिडको सिकार हुनैपर्ने हो ? यो कस्तो खालको हिँसा हुँदैछ ? गणतन्त्रमा यस्तो प्रकारको हमला र हत्या बलात्कारलाई सरकारले नियन्त्रण, निरुत्साहित पार्न सक्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्