(कौरव खत्री)गुल्मी । बाग्लुङ्गको एक सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाद्वारा लोक तथा दोहोरी गायक ईश्वर सिंहलाई सम्मान गरेको छ ।
गलकोट नगरपालिका ७ मल्म बाग्लुङ्गमा रहेको संस्थाले विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको संस्थाले कार्यक्रमको सिलसिलामा जापानमा रहेका कलाकार सिंहलाई शाखाका अध्यक्ष दिल बहादुर थापा रामु र उपाध्यक्ष गुमानसिंह थापाले नगद रु. ११ हजार सहित काम गरेका छन । सम्मान पत्र एवं मायाको चिनोसँगै पियानो उहार पनि प्रदान गरेको घुम्टे युवा परिवार केन्द्रिय समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी गराएका छन ।
सिहं क्लवका पुर्व कार्य समिति सदस्य तथा पूर्व चर्चित भलिवल खेलाडी समेत रहेका कलाकार समेत रहि सकेका छन पछिल्लो समयमा सांगितिक क्षेत्रमा गरेको प्रगतिले जन्म थलो र सामाजिक संस्था घुम्टे युवा परिवारलाई थप उचाईमा लैजान महत्वपूर्ण योगदान गरेको भन्दै घुम्टे युवा परिवार जापान शाखाले कलाकार सिंहलाई सम्मान गरेको संस्थाका जापान शाखा अध्यक्ष दिल बहादुर थापा रामुले बताए ।
जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका कलाकार सिंहलाई जापानको टोकियो स्थित एकेबुकुरोमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको जनाईएको छ । साथै सोही अबसरमा कलाकार रितु कंडेललाई समेत सम्मान गरिएको थियो ।सम्मान ग्रहण पछि लोक तथा दोहोरी गायक ईश्वर सिंहले जापानमा आएर आफु सम्मानित हुन पाउदा खुसीलगेका बताएका थिए।
यो सम्मानले मेरो सांगितिक यात्रामा थप हौसला प्रदान गर्नुका साथै विगतमा आफुले क्लवप्रति गरेको योगदानको कदर गर्नु प्रशंसनीय कार्य भएको उनले जानकारी दिएका छन । आगामी दिनमा संस्थालाई आफ्नो ठाँउबाट अझ माथि उठाउन पहलमालागि रहेने उनले जनाएका थिए ।
खेलकुद कला संस्कृति सँगै वि.सं २०४१ मा स्थापना भइआएको यस घुम्टे युवा परिवारलाई सामाजिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा स्थापित गर्न सबैले आ–आफनो ठाँउबाट योगदान गर्न सुझाव समेत दिएका छन । अहिले घुम्टे युवा परिवार जापान शाखाले सामाजिक क्षेत्रमा आफनो सक्रियतालाई थप अगाडी बढाउदै गईरहेको छ ।
सम्मान कार्यक्रम घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुको अध्यक्षता, सल्लाहकार सदस्य विकास खडका सुन्दरको स्वागत र सचिव दिनेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।