Logo

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो



काठमाडौँ । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले जनाएको छ ।

मानव अधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्समा अनुसार अमेरिकाआवद्ध हवाई कारबाहीमा गत चार वर्षयता १२ हजार सर्वसाधारणको ज्यान गएको छ ।

बेलायतआवद्ध यस मानव अधिकारवादी संस्थाका अनुसार मारिएकामा एकसय ६९ जना संयुक्त गठबन्धन र सिरियाली सेनासमेत रहेका छन् ।अमेरिकाआवद्ध यस संयुक्त सेनाले सिरियाली आतङ्ककारी लक्षित गरेको आक्रमणमा परी यी सर्वसाधारणहरु मारिएका हुन् ।

आइएसको बलियो प्रभाव रहेको देशको पूर्वी भागमा तेलको धनी प्रान्त देइर अल जोउरमा जारी युद्धमा हाल अमेरिकाआवद्ध संयुक्त सेनालाई कुर्दिसआवद्ध ‘सिरियन डेमोक्र्याटिक फोर्सेस’को समर्थन रहेको छ ।

संयुक्त सेनाले गरेको कारबाहीमा बारम्बार सर्वसाधारणको ज्यान गएपछि सिरिया सरकारले संयुक्त गठबन्धनलाई सिरियाबाट आफ्नो कारबाही रोक्न राष्ट्रसङ्घ मार्फत आग्रह गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्