Logo

मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान



काठमाडौं । ईसान पसाई स्मृति समाज आएरल्याण्ड र एन आरएन ए आयरल्याण्डको संयुक्त प्रयासमा संकलन गरिएको ५१ हजार रुपैयाँ मृगौला पिडितलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

मृगौला पिडित झापा निवासी कल्पना दर्जीलाई आयरल्याण्डका लागि पर्यटन दुत गणेश प्रसाई, गौशला व्यवसायि संघका अध्यक्ष देबेनद्र प्रसाई झापाली समाज आएरल्याण्डका प्रतिनिधि सनम थापा तथा कलाकार रोमा पौड्याल लगायतका व्यक्तित्वहरुको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

त्रिबी अस्पतालमा यतिबेला डायलेसिस गराईरहेकी दर्जीलाई यतिबेला आर्थिक अभावका कारण उपचारका लागी निकै कठिन परिरहेको छ । यहि खबर पाउनासाथ यो टिमले उक्त बिरामीको सहयोगका लागी हात अघि बढाएको हो ।

मृगौला रोगिहरु बढ्दो क्रममा रहेको र त्यस्ता बिरामी हरुलाई आफ्नो संस्थाबाट सकेको सहयोग गदै आएको पर्यटन दुत गणेश प्रसाईले बताए । प्रसाईकै पहलमा यो बर्ष मात्रै गायिका जलजला देखि कल्पना दर्जी सम्म आईपुग्दा सात जना मृगौला पिडितलाई सहयोग गरिसकेको बताए ।

केहि दिन अघि मात्रै पनि ईसान प्रसाई मेमोरियल ट्रष्टबाट ५१ हजार मृगौला पिडित नरेन्द्र मेचेलाई पूर्व मन्त्री कृपासुर शेर्पाको हातबाट हस्तान्तरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्