Logo

पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारको नाममा पक्राउ पूर्जी जारी



काठमाडौ । जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारको नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

गत भदौ ८ गते गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए ।

पप्पुले समयमा पुल नबनाएको कारण सर्वसाधारणको निधन भएको स्थानियले दावी गर्दै आएका छन् ।अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस्