Logo

परिक्षा स्थगित हुदाँ तालाबन्दी !



मोहन तामाङः भोजपुर । भोजपुर षडानन्द नगरपालिकाको अरुण माविका व्यवस्थापन समितिले नगरपालिकामा तालाबन्दी गर्ने निर्णय नगर प्रमुख बिरवल राईलाई बुझाएका छन् ।

अरुण माविमा अंग्रेजीे, शान्त मावि, खार्तम्छा मावि र अन्य तीन प्रावि सहित शिक्षक पदपुर्तिका लागि सोमबार गर्ने भनिएको परिक्षा स्थगित भएपछि समितिले तालाबन्दी गर्ने निर्णय नगर प्रमुखलाई मंगलबार बुझाएका छन् ।

परिक्षा किन रोकिएको हो र कहिले हुने भन्ने विषयमा व्यवस्थापन समिति, अविभावक र परिक्षार्थीको भेलाले असोज १६ गते भित्रमा परिक्षा नगराए नगरपालिका तालाबन्दी गर्ने निर्णय नगर प्रमुखलाई बुझाएको हो । सोमबार परिक्षार्थीलाई प्रवेश पत्र बाँडी सकिएको बेला नगर प्रमुखले परिक्षा स्थगित गर्न पत्र लेखेको व्यवस्थापन समितिका कावा अध्यक्ष मान बहादुर खत्रीले बताए ।

करिब अढाई महिना अगाडि पनि सोही पद पूर्तिका लागि गर्न लागिएको परिक्षा विविध कारण जनाउँदै नगर प्रमुखले नै स्थगित गरिएका थिए । अहिले प्राविधिक कारण परिक्षा स्थगित गर्नु परेको र असोज १४ गते भित्रमा परिक्षा सञ्चालन गर्ने नगर प्रमुखले बताए ।



प्रतिक्रिया दिनुहोस्