Logo

उम्मेदवारको गोलीहानी हत्या



काठमाडौँ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन ।

अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका मोहमद नासिर मुबाराजमाथि कान्दाहार प्रान्तको प्रान्तीय राजधानी कान्दाहारमा मङ्गलबार राति गोली प्रहार भएको प्रवक्ता अजिज अहमद अजिजीले बताए।

गोली लागेपछि उनको घटनास्थलमै निधन भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन अफगानिस्तानमा स्थगित हँुदै आएको यो निर्वाचन अगामी अक्टोबर २० तारिखको लागि तय भएको छ । तर सो निर्वाचनको मिति तय भएसँगै केही महिनायता इस्लामिक स्टेट्स र तालिबान समूहले आक्रमण जारी राखेका छन् ।

मतदाताहरुले आफ्नो नामावली दर्ता गरेयता मध्य अप्रिलदेखि विभिन्न आक्रमणमा कान्दाहारमा मात्र ५५ व्यक्तिको मृत्यु भइसकेको छ । आमनिर्वाचनसँग सम्बन्धित हत्या हिंसामा दुई जना निर्वाचन सम्बन्धी कर्मचारी, सुरक्षा बलका सदस्यहरु र सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ ।

मतदाता नामावलीमा ३० लाख महिलासहित ९० लाख भन्दा बढीले आफ्नो नाम दर्ता गराएका छन् । यहाँको संसदको तल्लो सदन २४९ सदस्यीय छ ।



प्रतिक्रिया दिनुहोस्