काठमाडौ ११ं असोज । पोखराको पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विक हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । छिमेकी २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले बुधबार दिउसो सार्वजनिक गरेको हो ।
बुधबार बिहानै पक्राउ गरे पनि स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले अभियुक्त पौडेललाई सार्वजनिक गरेको हो । पौडेलले अघिल्लो साँझ मादक पदार्थ सेवन गरी श्रीयाको हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीले बताए अनुसार साँझ पौडेल मदिराले मातेर घर फर्कँदै गर्दा श्रीयालाई बाटैमा भेटेपछि ५ रुपैयाँ दिएर बलात्कार प्रयास गरेका थिए । श्रीयाले प्रतिकार गरिन् । पौडेलले श्रीयालाई १० रुपैयाँ दिएर फेरि बलात्कार प्रयास गरे ।