Logo

खानेपानीमन्त्री मगर भारत प्रस्थान



काठमाडौँ, १२ असोज / खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ ।

उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ ।  (रासस)



प्रतिक्रिया दिनुहोस्