Logo

भारतीय पेट्रोलियम मन्त्री काठमाडौंमा (तस्विर)



काठमाडौँ, १२ असोज/ भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभयो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको निमन्त्रणामा मन्त्री प्रधान नेपाल भ्रमणमा आउनुभएको हो । यसैबीच, दुबै देशका मन्त्रीहरुको नेतृत्वमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाबारे बैठक शुरु भएको छ ।

बैठकमा दुबै देशका वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयका साथै नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनका उच्च अधिकारी सहभागी हुनुहुन्छ ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्