Logo

भारतीय प्रहरीद्धारा एप्पल कम्पनिका मेनेजरमाथी गोली हानी हत्या



काठमाडौँ । भारतको उत्तर प्रदेशमा लगातार भईरहेको ईनकाउन्टर माथी उठि रहेको बेला फेरी अर्काे घटनाले चर्चा पाएको छ । लखनउको गोमतीनगरका प्रहरीले एप्पल कम्पनिका एरिया म्यानेजर विवेक तिवारीलाई गोलीहानेको सामाचार श्र्रोतहरुमा जनाईएको छ ।प्रारम्भिक जानकारीहरुमा प्रहरीले संदिग्ध आतङकारीको आसङ्कामा गोली हानेको ठहर गरिएको छ ।

गोली लागेर गम्भीर चोटग्रस्त भएका उनको अस्पताललमा उपचारको क्रममा मृत्यु भएको छ । प्र्रहरीको बर्दीमा रहेका प्रहरी जवान प्रशान्तले रोक्ने प्रयास गर्दा गाडीले स्पिडमा चलाएपछि उनिमाथी सङ्कालाग्दा गोली चलाईएको जनाएका छन । प्रहरीले हानेको गोली उनको टाउकामा लागेको थियो । अबेर राती भएको घटनामा विवेकले कार नरोकेर प्रहरीको मोटरसाईकलमा ठोकेका थिए । घाईते विवेकलाई तुरुन्त नजिकै रहेको लोहिया अस्पतालमा लगिएपनि उनको त्यहि मृत्यु भएको खवरहरुमा जनार्ईएको छ ।अबेर राती करिव १२ बजे भएको उक्त काण्डको बारेमा बोल्दै लखनउका एसएसपी कलानिधि नैथानीले घटनाको जाँच चलिरहेकाले अहिलै कुहि भन्न नमिल्ने बताएकी छन ।


सुल्तानपुर स्थाई घर भएका मृतक विवेक तिवारी एप्पल कम्पनीका एरिया म्यानेजको रुपमा काम गरिरहेको जनाईएको छ । उनका श्रीमती र दुई छोरी रहेको समाचारहरुमा जनाईको छ । विवेक तिवारीको सहयोगीका रुपमा काम गर्दे आएकी सनालाई संञ्चार माध्ययमसंगको कुराकानीमा रोक लगाईएको जनाईएको छ ।

उनलाई मृतक तिवारीको घरमा नजरबन्द गरेर राखिएको छ । घटनापछि आक्रोशित जनसमुदायले प्रहरी इन्काउन्टरको बारेमा आन्दोलनहरु गरि राखेका छन ।



प्रतिक्रिया दिनुहोस्