Logo

सुपथ मूल्य पसल



रत्ननगर । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवन शाखाले चाडबाडलाई केन्द्रित गरेर जिल्लामा सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । नारायणगढमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको उक्त पसल आगामी कात्तिक २७ गतेसम्म चल्ने शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो ।

मुख्य चाडको दिनबाहेक शनिबार र बिदाका दिनमा पनि पसल खुल्ने निर्णयअनुसार आज पनि पसलमा खाद्य सामग्री बिक्री वितरण भइरहेको उहाँले बताउनुभयो ।सहुलियत पसल बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालनमा रहने जनाइएको छ । यस्तो पसलले बजार मूल्य नियन्त्रण तथा कालोबजारी रोक्न सहयोग पुग्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्