Logo

सामाजिक जागरणको अभियानमा साथ दिऔः कावा प्रधानमन्त्री पोखरेल



काठमाडौँ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल बनाउने सरकारी अभियान पूरा गर्न सामाजिक जागरण आवश्यक भएको बताएका छन ।

विश्व मुटु दिवसका अवसरमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले आयोजना गरेको कार्यक्रममा उनले सरकारले नीतिगत व्यवधान हटाउने घोषणा गरेकाले यसमै मात्र अल्झनुको साटो सामाजिक जागरणको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन ।

कावा प्रधानमन्त्री पोखरेलले भने, ‘‘सामाजिक जागरणको बाटो बिर्सने हो भने राज्य तहबाट गरिएका घोषणा पूरा हुन सक्दैन, समाजको उत्थान, विकास र समृद्धिका लागि सामाजिक जागरण आवश्यक छ ।”

जीवनलाई सन्तुलन राख्न सकेमा मानिस सफल हुन सक्ने भएकाले तनाव, रिस तथा द्वेषबाट बच्न विचार र व्यवहारलाई सन्तुलन राख्न सक्नुपर्नेमा जोड दिँदै उनले भने,‘‘ जीवनलाई सन्तुलन राख्न सिकौँ, सन्तुलन नै जीवनको अर्को नाम हो, असन्तुलन भएको दिन जीवन सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्