Logo

समृद्धिका लागि साझा नेतृत्व नभएकाले देश दुखी रहेछः अशोक योगी



काठमाडौ । बहुमतिय सरकारको एउटा निर्णयले सुदुरपश्चिममा आन्दोलनको शंखनाद भएछ । निर्मला पन्तको बलत्कार पछिको हत्यकाण्डको आन्दोलन सेलाउन नपाउँदै प्रदेश राजधानीको सवालले सुदुरपश्चिममा कतै खुसी त कतै दुखकासाथ आन्दोलित बनायो । पश्चिम आन्दोलत भए पछि सुदुरपुर्बलाई आन्दोलिन बनाउने दिनको श्रीगणेश प्रदेश नंं। १ को सरकारले कहिले गर्छ थाहा छैन या साम्य पारेर अगाढी बढ्छ । प्रदेश ३ को् हालको हेटौडाको राजधानी फेरबदलको सवाल आएको छ ।

यदि हेटौडामा राजधानी भएन भने हेटौडाबासी आन्लोलिन हुनु र मुख्यमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने दिनको आगमन हुनेनैछ ।प्रदेश नं। ५ को राजधानी दांग भएन भने नैतिकताका आधारमा मुख्यमन्त्री र नेकपाको प्रदेश ईन्चार्ज बाट हालका मुख्यमन्त्रीले राजिनामा दिनु पर्ने र सडकमा आन्दोलनको नेर्तत्व गर्नु पर्ने हुन्छ ।

सभामुखले राजीनामा दिएर आन्दोलनमा आउनु पर्ने हुन्छ किनकी नेपाली कांग्रेसका सबै निर्णय उल्ट्याउने दुईतिहाईको बामसरकारले प्रदेश नं। ३ र ५ को राजधानी पनि उल्ट्याउन सक्छ भन्नेमा नेकपाका मतदातालाई आस्वस्त पारिएको छ हाल सम्म भबिश्यमा के हुन्छ ।थाहाछैन । मुख्यमन्त्री र प्रदेश ईन्चार्जको पद संग प्रदेशको मुख्यालय साँटिएको पनि गाईगुई हल्ला छ । त्यो के हो मुख्यमन्त्रीले नै स्पष्ट पार्नुपर्नेछ ।

दांँगसम्म राजधानी भए ठिक हो भनेर पहिलेको मध्य पश्चिम अनि हालको कर्नाली प्रदेश संग सम्बन्ध बिचछेद गरिदा र प्रदेश नं। मा गाभिएर पनि मौन बसेका बाँके र बद्रियाबासी के गर्छन थाहा छैन ।निर्बिबाद नाम रहन र राख्न सफल कर्नाली प्रदेशका लागि दुबै अन्र्तराष्टिय स्तरका मुलुकमा प्रत्यक्ष सम्पर्क नजोडिएको र लगानीमैत्री बाताबरण हाल समम नबनिसकेकोले हालको परम्पराबादी कृषिप्रणालीले र कर्नालीमा टुलुटुलु हेरे बगिरहेको पानी अनि जंगल जडीबुटिको कथा हालेर सम्पन्न र समृद्धिको नाराले मात्र र दलिय स्वार्थमा मात्र केन्द्रित भएर मात्र कनाीलीका जनता सुखी र सम्पन्न हुने छाँटकाँट देखिदैन ।

एउटा अपरकर्नाली बिबाद मै छ । ठुला आयोजना संचालन भैरहेका छैनन । अन्र्तराष्टिय दातृनिकायले कर्नाली प्रदेशमा काम गर्न असहजता महसुस गरेर निउँ खोजेर भागीरहेका छन ।प्रदेश नं। २ मा बहुमतको सरकाले जे भन्यो त्यही हुने अबस्था छ ।संबिधान कार्यान्वयनमा कोही पनि सत्ता पक्ष र प्रतिपक्ष नबनिदिए राम्रो हो अनेकबहानामा आन्दोलित हुने खतरा छ ।

कोही अलग मुलुको माग गरेर मातृभुमी प्रति नै लात हान्न खोज्दा सरकार मौन छ । तै चुप मै चुप छ । हिन्दुहरु त शान्त भएर चुपचाप लागेका छन ।ठुला दल नेकपा पद बाँडफाँटमा ब्यस्त छ । आन्तरिक असन्तुष्टि दिनानुदिन बढ्दो छ । लामो समय सत्तामा तैरिरहेको कांग्रेस देउबाको असफल नेतृत्व संगै सत्ता बाहिर भएको अबस्थामा बल्ल बिधान संशोधनको छलफलमा जुटेको छ ।थ्रेशहोल्डको ठक्कर लागेर पत्तथरिएका सानातिना दलहरुको होस खुलिसकेको छैन ।

संघियमा एकलौटी नेकपा सहित आरक्षणमा फोरम अनि ७ प्रदेश मध्य ६ प्रदेशमा एकलौटी नेकपाको सरकार बनेको छ । कम्युनिष्टका लागि यो अन्तिम बिकल्प हो अबअरुलाई धारे हात लगाएर कांग्रेस लाइर्, भारत लाई र अमेरिका लाई र चाइना लाई गालि गरेर उम्किने अब नेकपा अर्थात पुर्ब एमाले र माओबादी लाई अब कुनै सुबिधा छैन ।

कांग्रेसले बिधान शंशोधन गरेर उमेर हद तोकेर पदाधिकारी चयन र टिकट बितरण गर्ने टिकटधारीलाई निर्बाचन बाट निर्बाचित गरेर बहुपदिय पद्धतिमा गएन भने र फेरी टिकाराम पद्धतिको सुरुवात भएमा भारतको कांग्रेस आईकै गतिमा पुग्ने निश्चित जस्तै छ ।
पछिल्लो पुष्तामा हेर्दा सबै राजनैतिक दल जो सबै पक्षलाई मिलाएर जान सक्ने र ठुला भनिएका दुई पाटीमा पनि एकिकृत गरेर लिन सक्ने हाईट कसैले बनाउन सकेको र बनाउन सक्ने लक्षण पनि देखिदैन । बिपी,गणेशमान,मनमोहन,पुष्पलाल,मदनभण्डारी हुँदै गिरिजा प्रसाद कोईराला सम्म एउटा हाईट बनेको थियो । एउटा जमाना थियो सकियो ।

प्रचण्डले हाइट बनाउन सक्ने सम्भाबना थियो तर सेरेमनियल अध्यक्ष भएर बस्न बाध्य हुनु र जनयुद्धले जुन हाइट बनाएको थियो त्यो सबै अबशेश पनि नराखी समँपत हुनु अनि बोली र ब्यबहारको ठेगान नभएकै कारण नेपालमा कमन नेतृत्वको अभाब देखिएको छ । हिजो जनयुद्ध कालमा बाबु भाई माआबेबादी बाट मारिएका र अपहरणमा महिनौ परेका हरु तिनै जनयुद्धकालिन अबशेश हरुका प्रतिक लाई नेकपाको सरकाले गैह्रकानुनी रुपमा थुना र धरपकट गर्दा बरु चिन्ता गर्छन आन्दोलिन हुन्छन तर एउटै जात बर्ग अनि संसारभरका कम्युष्टि र संसारभरका मजदुर एकहौ भने नारा लगाउनेहरुको कम्युनिष्ट सरकार बनेको छ त्यही सरकारले अनेक मुद्धा खेपाएर घुमाईरहन्छ थुनिरहन्छ । अदालतले भनेको पनि सुन्दैन ।

प्रचण्डकै प्रयासमा बनेको एउटा नेकपा सरकारमा छ जनयुद्धको राप बाट निश्केको अर्को खरो नेकपा त्यही नेकपा सरकारको खिलापमा छ ।कसरी समृद्धि र सुखी नेपाल होला आन्तरिक द्धन्द्ध पुन बढ्दो क्रममा छ ।लामो संघर्षआन्दोलन र बलिदानी बाट आएको संघिय गणतन्त्र सहि तरिकाले कार्यान्वयन हुन सकेन र कार्यान्वयन गर्ने सरकार पक्ष चुक्यो भने र जताततै असन्तुष्टि बढ्दै गएमा पुन अशान्ति हुने र आन्दोलनको बिजारोपण हुने निश्चित छ ।समयमा सत्बुद्धि पलाओस । अशान्ति होइन शान्ति चाहिएको छ । न्याय चाहिएको छ ।



प्रतिक्रिया दिनुहोस्