काठमाडौँ । अमेरिकामा निशेल सिंकेट नाम गरेका एक २२ वर्षीय युवक यात्रुवाहक जेट विमान चोरीको प्रयासमा पक्राउ परेका छन । अमेरिकाको फ्लोरिडा राज्यको आँर्लेन्डो विमानस्थलमा भएको सो घटना अहिले चर्चाको बिषय बनेको छ ।
समाचारमा जनाईए अनुसार चोरीको आरोपमा पक्राउ परेका ति युवकले बिमानस्थलको पर्खाल फोडेर बिमानसम्म पुग्न सफल भएको जनाईएको छ । उनले बिमानभित्र गएर जहाज चोरीको प्रयास गद गर्दा पक्राउ परेको जानकारीहरुमा बताईएको छ ।
आर्लेन्डो मेलबर्न अन्तराष्ट्रिय बिमानस्थलकी प्रवक्ता लोरीले संञ्चार माध्ययमलाई दिएको जानकारी अनुसार पक्राउ परेका युवक फ्लोरिडा इन्टीच्युट अफ टेक्नोलोजीका विध्यार्थी भएको खुलाईएको छ । उनको साथबाट प्रहरीले कमर्शियल पाईलटको लाईसेन्स प्राप्त गरेको जनाएको छ । तर पक्राउ परेका उनी एयरबस ३२१ लाई उडाउन सक्षम नरहेको जनार्ईएको छ । त्यसै कारण पनि उनले बिमान समयमै उडाउन सकेका थिएनन ।
प्रहरीका प्रवक्ता डेविड गिलिस्पीले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार यो घटना कुनै किसमको आतङकबादसंग नजोडीएको जनार्ईएको छ । पक्राउ परेका युवकले कुन प्रयोजनकोलागि बिमान चोरी सम्मको हिक्मत गरे यस्को बारेमा भने कुनै जानकारी खुलाएका छैनन । प्रहरीले ति युवकको घर तथा गाडिमा गरेको खोज कार्यबाट कुनैपनि प्रकारको प्रमाण भने फेला पार्न सकेन ।
उनको कार तथा घरमा हतियार तथा बिस्पोटक साम्रगीहरु फेला नपरेको कारणपनि यो घटनालाई आतङकबादसंग नजोडिएको प्रहरीले जानकारी गराएको छ । उनले घटनाको बेला ति युवकले मादक पदार्थ सेवन नगरेको पनि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । ति युवकलाई दुईजना सुरक्षा गार्ड र बिमानमा रहेका दुईजना प्राविधिकको सहयोगमा पक्राउ गरिएको बताईएको छ । त्यसबेला ति युवक एयरक्राफ्ट चोर्ने प्रयास गरिरहेका थिए ।
एयरलाइन्सका प्रवक्ताले गराएको जानकारी अनुसार उनले जूनबेला बिमान चोर्ने कोशिश गरेका थिए त्यो समयमा बिमान आन्तरीक जाँचपाँस तथा सुरक्षा जाँचकोलागि ह्याङगरमा रहेको जनाईएको छ । प्रहरीको नियन्त्रणमा रहेका ति युवको साथमा दुई ठाँउको दोहोरो नागरिकता रहेको पार्ईएको छ । उनको कुनै प्रकारको अपराधिक पृष्टभूमि नरहेको कारण उनि माथीको मुद्धा अनुसन्धानको प्रक्रियामा नै रहेको जनार्ईएको छ ।