Logo

स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम



कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो ।

चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल मुलुकका ४४औँ जिल्लाको रूपमा कञ्चनपुरमा शुरु भएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका संयोजक जनक साउदले बताए। सुदूरपश्चिमको पहाडी जिल्ला डोटी र डडेल्धुराबाहेक सात जिल्लामा बिमा कार्यक्रम लागू भइसकेको छ ।

स्वास्थ्य बिमा बोर्डले कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिन लागेको संयोजक साउदले जनाए । आर्थिक वर्ष २०७४÷७५ मा स्वास्थ्य क्षेत्रमा रु ३१ अर्ब ७८ करोड विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य राखेको छ ।

पाँच जना सदस्य रहेको परिवारले वर्षको रु दुई हजार ५०० प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ, भने सो बापत वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ । पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप रु ४५० बढी तिरेर बिमा सदस्य बनेर रु ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्