Logo

पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना



पशुपतिनगर । इलामको सबैभन्दा पुरानो विद्यालय करफोक विद्या मन्दिर माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन। विद्यालयमा अध्ययन गरेका विद्यार्थी धु्रव अधिकारीले आफ्ना दिवङ्गत बुबा र हजुरबुबाको स्मृतिमा गोपीकृष्ण जीवनहरि शिक्षा पुरस्कारका लागि अक्षय कोष स्थापना गरेको जानकारी गराईएको छ ।

सूर्योदय नगरपालिका ११ निवासी ध्रुव अधिकारी हाल नेपाल विद्युत् प्राधिकरण सङ्खुवासभामा कार्यरत रहेका छन । अधिकारीले गोपीकृष्ण जीवनहरि शिक्षा पुरस्कारको रकम विद्यालयका प्रधानाध्यापक दीनराज निरौलालाई मङ्गलबार हस्तान्तरण गरेका थिए ।

आधारभूत तहमा अध्ययनरत गरीब असहाय तथा आर्थिक अवस्था कमजोर भएका दुई विद्यार्थीलाई कोषबाट आएको व्याजबाट शैक्षिक सामग्री खरिद गर्नमा सहयोग गर्ने उद्देश्यले अक्षय कोष स्थापना गरेको प्रधानाध्यापक निरौलाले बताए ।



प्रतिक्रिया दिनुहोस्