Logo

६० प्रतिशत सस्तो औषधि भएको जिकिर



काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले ६० प्रतिशतसम्म सस्तो मूल्यमा औषधि बिक्री गरेको जिकिर गरेको छ ।

सेवाग्राही बिरामीलाई आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी aऔषधि त्यहाँको औषधि पसलमा रहेको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी गराए । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारी अस्पतालले अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेका थिए।

प्रसूति तथा स्त्रीरोगको केन्द्रीय सो अस्पतालको स्वीकृत श्यया ३५० भए पनि हाल ४१५ श्यया सञ्चालन गरिरहेको छ । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, निःशुल्क नवजात शिशु उपचार कार्यक्रम, निःशुल्क पाठेघर खस्ने रोगको उपचार तथा शल्यक्रियासमेत भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्