Logo

निःशुल्क स्वास्थ्य सेवाको तयारीमा सरकारः स्वास्थ्यमन्त्री यादव



धनुषा । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताएका छन।

निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी दिँदै उनले अब हरेक वडामा स्वास्थ्य चौकी खोलिने जानकारी गराए। जनकपुर अञ्चल अस्पतालको बाहिरङ्ग विभागको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले भने, “निःशुल्क आधारभूत स्थास्थ्य सेवाका लागि हामी प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थ्य संस्था खोल्छौँ । कोठा उपलब्ध नभए भाडामा लिएर पनि खोल्छौँ ।”

मन्त्री यादवले प्रदेश नं २ स्वास्थ्य सेवामा पछि परेको भन्दै स्वास्थ्य क्षेत्रमा विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्नसमेत संसद्मा प्रस्ताव लगिसकेको जानकारी गराए । उनले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै जनकपुरलाई मेडिकल हब बनाउन सोही अस्पतालमा मेडिकल कलेज खोल्नुपर्ने जानकारी गराए।

एक अस्पतालको रिपोर्ट अर्को अस्पतालमा गएर नमिल्ने र गलत पनि ठहर हुने गरेको स्मरण गराउँदै उनले सबै प्रदेशमा स्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गर्न लागेको जनाए । मन्त्री यादवले प्रदेश नं २ मा क्यान्सर अस्तपताल निर्माण गर्न सरकारले अध्ययन समिति गठन गरेको जानकारी गराएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्