Logo

आठ सय लिटर घरेलु मदिरा नष्ट



पर्वत । जिल्लाका गल्लीगल्ली र होटलमा अवैध रूपमा बिक्री वितरण हँुदै आएको घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम कुश्मा बजारका विभिन्न क्षेत्रबाट बरामद गरिएको १२०० लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।

एक हप्ताको समयमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा बजार अनुगमन गर्दा अवैध रूपमा राखिएको घरेलु मदिरा बरामद गरिएको थियो ।

कुश्मा नगरपालिकाका वडा नं ४, ५, ६ र ७ बाट अवैध मदिरा बरामद गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र १२ प्लाष्टिकका ड्रमसमेत नियन्त्रणमा लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्