Logo

ताइवानी पर्यटकको मृत्यु



सोलुखुम्बु । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका– ४ स्थीत लबुचे मदर अर्थ भन्ने होटलमा आराम गरी बसैकै अवस्थामा मृत्यु भएको बताइएको छ । करीब ४५ वर्षीया च्याङ गत १३ गते नेपाल हाइटिङ टिम कम्पनी काठमाडौँमार्फत घुम्न आएका थिए । अहिले इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगिसकेको बताइएको छ । आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि काठमाडौँ पठाइने छ ।



प्रतिक्रिया दिनुहोस्