Logo

दैलेखमा भूइँचालोपछि परकम्प



दैलेख । नारायण नगरपालिका वडा नं १० भवानीलाई केन्द्रविन्दु बनाएर लगातार तीन पटकसम्म भूइँचालो गएको छ । बिहान ११ बजेर ५५ मिनेटमा पहिलो, १२ः५३ मा दोस्रो र १ बजे तेस्रो पटक भूकम्प गएको हो । अधिकांश कच्ची घर भएका कारण पुनःभूकम्प आएमा क्षति हुने भन्दै धेरै नागरिक घर बाहिर निस्केका छन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार १२ः५३ मिनेटको भूकम्प ४ रिक्टर स्केलको रहेको बताइएको छ । लगातार झड्का गैरहेकाले सबैलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । विसं २०२८ मा दैलेखमा ठूलो भूकम्पपछि महामारी फैलिएको र त्यसपछि त्यति ठूलो भूकम्पको झड्का नआएको बूढापाका बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्