काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री समडेच टेचो हुन सेन जापान र इन्डोनेसियाको भ्रमणका लागि शनिबार जापानको राजधानी टोकियो प्रस्थान गर्दैछन । कम्बोडियाको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री हुन सेन शनिबार साँझ जापानको राजधानी टोकियो प्रस्थान गरिरहेको बताइएको छ ।
उनी जापानमा रहँदा आइतबार त्यहाँ आयोजना हुने दशौँ मेकोङ जापान सम्मेलनमा सहभागी रहने कार्यक्रम रहेको छ। साथै उाले त्यहाँ रहँदा जापानी समकक्षी जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्धिपक्षीय भेटवार्ता गर्ने जनाइएको छ । प्रधानमन्त्री हुन सेन यही अक्टोबर १० मा इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम पनि रहेको छ । उनी इन्डोनेसियाको बालीमा आयोजना हुने एक सम्मेलनमा यही अक्टोबर १२ मा सहभागी हुनुहुने छ ।
बालीमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको एक सम्मेलन हुन लागेको छ । सो सम्मेलनमा प्रधानमन्त्री हुन सेनसहित एसियाली देशका अरु पनि प्रधानमन्त्रीहरुको सहभागिता रहने छ । यस सम्मेलनलाई उच्चस्तरीय एसियाली सम्मेलन नाम दिइएको छ । सो सम्मेलनलगत्तै बालीमा विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि बैठक हुन लागेको छ ।
एसियाली नेताहरु यही अक्टोबर १२ मा आयोजना हुने विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विशेष बैठकको उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री हुनसेनसँगै रहेका कम्बोडियाली एकजना मन्त्री सेरी थामारोङले जानकारी गराएका छन ।
उनी अक्टोबर १४ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । एजेन्सी