Logo

नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं, २१ असोज । पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि जनाएपछि नेकपा सचिवालय बैठक आइतबार बोलाइएको छ।

संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केकै भोलिपल्ट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार सल्लाह गरेर सचिवालय बैठकको मिति निर्धारण गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको छलफलले सचिवालय बैठकको मिति तय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए। अध्यक्ष दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले आफू विदेशमा रहेका बेला सरकार र पार्टी नेतृत्वप्रति नेता नेपालले असन्तुष्टि जनाएको भन्दै चित्त दुःखाएको स्रोतले बतायो।

 



प्रतिक्रिया दिनुहोस्