Logo

मेडिसिटीद्वारा किर्तिपुरमा मुटुरोगबारे सचेतना कार्यक्रम



ललितपुर, २२ असोज । मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले सिकुछे थछे म्हाइमाच समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले जानकारीमूलक सल्लाह एवं जानकारी दिए।

झण्डै १०० जना ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा डा.जोशीले मुटुरोगको परिचय संगसंगै यसका कारण, लक्षण र उपचारको बारेमा जानकारी गराएका थिए ।

आजको समयमा जिवनशैलीनै धेरै रोगको कारण भएकाले यसमा विशेष ध्यान दिन जरुरी रहेकोमा डा. जोशीले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्