शरद रेग्मी : दाङ, असोज २२ /सभामुख कृष्णबहादुर महराले संघिय संसदले सरकारको निति कार्यक्रम तथा वजेट जस्ता महत्वपूर्ण विद्येक पास गर्न सफल भएको बताउनुभएको छ ।
रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुर स्थित टरिगाउँ विमान स्थलमा सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा महराले त्यस्तो दाबी गर्नु भएको हो ।
सभामुख महराले अव महत्वपूर्ण विद्येक पारित संगै विकाश निर्माण देखि सरकारले पारित गरेका विभिन्न योजनाहरु पुरा हुने विश्वास समेत व्यक्त गर्नुभयो । ‘‘विभिन्न कानुनहरु निर्माण गर्ने कामहरु भएका छन यसमा पनि असोज २ गते महत्वपूर्ण मौलिक विभिन्न १६ कानुनहरु पारित भएका छन् यो उपल्वधी मुलक हो’’ सभामुख महराले भन्नुभयो ।
रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको विशेष पत्रकार सम्मेलनमा महराले अब दाङको विमान सेवा अवरुद्ध नहुने बताउनु भएको छ । अस्थायी इन्धन डिपोको व्यवस्था भइसकेको हुँदा विमान सेवा नियमित हुने उहाँको दाबी थियो । टरिगाउँ एयरपोर्टका लागि एउटा रिफ्यूलिङ ट्याङ्कको व्यवस्था भइसकेको र त्यो केही दिनमै दाङ आइपुग्ने महराले जानकारी दिनु भयो ।
स्थायी इन्धन डिपो निर्माणको प्रक्रिया समेत सुरु हुने महराले बताउनु भयो । नेपाल वायु सेवा निगमको विमानका साथै पाईलट ट्रेनिङ प्रोजेक्ट चलाउनका लागि समेत तुलसीपुर उपमहानगरपालिकाका मेयरले निवेदन दिएको हुँदा त्यो केही दिनमै स्वीकृत हुने महराले जानकारी दिनु भयो ।
दाङको क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका महराले जिल्लाको विकासको लागि सिंचाई र खानेपानीको उचित प्रवन्ध आवश्यक रहेको बाटो घाटो लगाएत भौतिक पूर्वाधार निर्माणको काम तीव्र गतिमा गरिने बताउनु भयो ।
कार्याक्रममा तुलसीपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेले दाङको टरिगाउ विमान स्थल दोश्रो पटक सुचारु गर्न सहायोग गर्नु हुने सवैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
उहाँले दाङमा अस्थाई इन्धन डिपो स्थापना भएसंगै भाडा पनी कम हुने र बिमान स्थल पनी नियमित सूचारु हुने समेत बताउनु भयो । कार्याक्रमको संचालन रिपोटर्स क्लवका महासचिव बिमल गौतमले गर्नु भएको थियो ।
आज गृह जिल्ला आउनु भएका सभामुख कृष्ण बहादुर महराले रिपोटर्स क्लव दाङको बार्षिक उत्सव एवम पुरस्कार बितरण कार्यक्रम २७ गते तुलसीपुरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।