Logo

निर्मला पन्तका बुवाले भने : अब समिति बनाएर समय बर्बाद नगरौं



कञ्चनपुर, २२ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रतिवदेन सार्वजनिक भएपछि उनका बाबु यज्ञराजले अब अनुसन्धानका लागि समिति बनाएर समय बर्बाद नगर्न आग्रह गरेका छन् ।

उनले छोरीका हत्यारा खुलेआम घुमिरहेको भन्दै कानुनी दायरामा ल्याएर कार्वाही गर्न माग गरेका छन् । उनले विभिन्न समिति बने पनि अनुसन्धानमा प्रहरीलाई दोषी मात्र देखाएर नहुने अब दोषीसंगै हत्यारालाई जतिसक्यो छिटो पक्रेर कार्वाही गर्नुपर्ने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्