काठमाडौं, २७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले ओली नेतृत्वको सरकार संविधानविपरीत कार्य गर्न उद्दत रहेको बताएका छन् ।
नेपाली कांग्रेस बाराले वीपी स्मृति भवन कलैयामा आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा पुर्व महामन्त्री सिटौलाले दुई तिहाईको दम्भमा संघिय लोकतान्त्रिक गणतान्त्रिक समाजवादलाई बिर्सेर संविधानको मुल्य मान्यताालाई बिर्सेर संविधान विपरीत कार्य गरेको आरोप लगाए ।
उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरेकोलाई कारवाही नगरी प्रमाण नष्ट गरी निकमा सरकार भएको आरोप समेत लगाए । मुलुकमा विकास, जनताको हितको काम छोडेर, बलात्कार, हत्या, हिंसा, महँगी, कर बृद्धि ओली सरकारले गरेको महामन्त्री सिटौलाले भने जनताको हितमा काम नगरी जनतालाई कमजोर पारी सरकार बलियो बनाउने मात्र काम गरेको छ ।
स्वतन्त्र निष्पक्ष अदालत तथा प्रहरी प्रशासनका साथै प्रेस र पत्रकार माथि अंकुश लगाई उनीहरुलाई तर्साएर अधियाकवाद लादन खोजेको बताए ।