Logo

जिप दुर्घटना हुँदा दुईको मृत्यु



काठमाडौँ,२९ असोज । गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ५३ वर्षीय भरतबहादुर गुरुङ र सोही ठाउँका ३९ वर्षीय लालबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख दीपककुमार बस्नेतले जानकारी दिनुभयो ।

गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । प्रहरीले अहिले घटनास्थलमा जाँदै गरेको बताएको छ । रासस



प्रतिक्रिया दिनुहोस्