Logo

चर्चामा नेपालकै सुन्दर चक्लेटी वडा अध्यक्ष सिटौला



काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालीका वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौला सामाजीक कामको साथै सुन्दरताका कारण अहिले सामाजीक सञ्जालमा चर्चाको पात्र बनिरहेका छन् ।

काठमाण्डौ उपत्यकाकनै सबैभन्दा कान्छो वडा अध्यक्ष रहेका सिटौला अहिले नेपालकै सुन्दर चकलेटी वडा अध्यक्षको नामले सामाजीक सञ्जालमा भाइरल भइरहेका छन् । २०४६ साल जेष्ठ १६ गते जन्मीएका सिटौला तारकेश्वर ९ को वडा अध्यक्षमा बिजयी भइरहंदा मात्र २७ बर्षको उमेरका थिए ।

काठमाण्डौंकै कान्छो वडा अध्यक्ष बलरामले आफुले वडा अध्यक्ष बापत प्राप्त गर्ने तलब व्यक्तिगत कामका लागि नभई सामाजीक काममा एकमुष्ट खर्च गर्ने घोषणाले उनको कदलाई झनै माथी पु¥याईदिएको छ ।

अहिले सम्म अविवाहित रहेका सिटौलाले वडा अध्यक्ष भएको १ बर्षमै ५० मिटर भन्दा बढीका १५ वटा बाटोहरु निर्माण, ल्याव सहित सहरी स्वास्थ्य केन्द्र, वडाका बिभिन्न ठाँउहरुमा सुचना पार्टी, अपांगता भएका व्यक्तिहरुलाई सहायसामग्रीहरु, रक्तदान कार्यक्रमहरु, महिलाहरुका लागि सिपमुलक तालीम लगायत दर्जनौं काम गरेर जनताको मन जित्न सफल भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्