Logo

विगत ३२ बर्षदेखि निरन्तर अध्यक्षमा थापा



कौरव खत्री : गुल्मी ३१ असोज । गुल्मीको छत्रभूमि संरक्षण विकास प्रतिष्ठानको साधारण सभा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १ पौदीअमराई कोटमा हिजो मंगलबार विधिवत रुपमा फुलपाति भित्र्याएपछि बसेको साधारण सभाले वरिष्ठ समाजसेवी हरि बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय छत्रभूमि संरक्षण विकास प्रतिष्ठान समितिको पूर्नगठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सपना घिमिरे,कमलराज आचार्य,सचिव तेजनारायण पौडेल,सह–सचिव पृथ बहादुर जिसी,कोषाध्यक्ष रामराज घिमिरे रहनु भएको छ ।

साथै समितिको अन्य सदस्यहरुमा चिरिञ्जीवी थापा,कृष्ण बहादुर घिमिरे,बिष्णुप्रसाद आचार्य,सावित्रा श्रेष्ठ,हेम बहादुर बलामी,उम बहादुर परियार,निम बहादुर केसी,वडाअध्यक्ष पूर्ण बहादुर हितान,पदेन सदस्य बाह्मण समेत रहनुभएको छ ।यस्तै साधारण सभाले दल बहादुर थापा (क)को संयोजकत्वमा सल्लाहकार समितिको गठन गरिएको छ ।

समितिका अन्य सदस्यमा लाल बहादुर घिमिरे,होमनाथ आचार्य,बाल कुमारी आचार्य,पूर्णसिंह जिसी,गोपाल गिरी,भूमा खरेल,मोहन भूषाल,उमानन्द खरेल,सुवेदार मेजर बिष्णुध्वज खाती रहनु भएको छ । साथै  ,सोही अवसरमा यस क्षेत्रका स्वदेश तथा विदेशमा रहेका पौदीबासीहरु एवं सबै नेपालीहरुमा वडादशैको शुभकामना आदान प्रदान गरिएको थियो ।

पौदीवासीहरुको धार्मिक तथा आस्थाको धरोहरको रुपमा रहेको यस छत्रभूमि मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको हिसावले समेत संरक्षण र प्रर्वद्धन गर्न विगत २०४३ सालदेखि अध्यक्षमा रहेर थापाले यस कोट मन्दिरको पूर्ननिर्माण एवं जिर्णद्धार कार्यमा सक्रिय रुपमा निरन्तर प्रतिष्ठान मार्फत काम गदै आउनु भएको छ । उक्क्त साधारण सभामा समाजसेवी बुद्धिजिवी महिला युवा लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्