Logo

बन्लान त मलेसियामा अन्बर इब्राहिम भावि प्रधानमन्त्री?



काठमाडौँ, १ काक्तिक । मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका रुपमा चर्चा थालेका बताइएको छ ।

मलेसियाको प्रमुख विपक्षी नेता रहेका इब्राहिम पुर्ववर्ती सरकारका पालामा जेल परेका थिए । जेल सजाय भोगेका उनि वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मदको सरकार बनेपछि रिहा भएका थिए।

उनि गत शनिबारमात्र सम्पन्न एक उपनिर्वाचनमार्फत संसद सदस्य पनि विजयी भएका छन। सो विजयसँगै उनलाई हालका मलेसियाली प्रधानमन्त्री ९३ वर्षीय महाथिर मोहम्मदपछिको प्रधानमन्त्रीका रुपमा हेर्न थालिएको छ ।

उक्त उपनिर्वाचनमा विजयी भएसँगै मलेसियामा यो चर्चा चलेको समाचारमा जनाइएको छ । मलेसियामा यसैवर्ष सम्पन्न आमनिर्वाचनका समयमा पनि इब्राहिमको राजनीतिक दलसँग वर्तमान प्रधानमन्त्री मोहम्मदले सत्ता साझेदारीको सहमति गरेका बताइएको थियो ।

सोही सहमति बमोजिम नै उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाइएको र अब उनिमहाथिरपछिको प्रधानमनन्त्री बन्ने चर्चा गरिएको हो ।

यसअघि राजनीतिबाट विश्राम लिने घोषणा नै गरेका ९३ बर्षीय महाथिरले देशमा भ्रष्टाचार बढेको र देशको राजनीति गलत बाटोतर्फ गएको भन्दै सुधारका लागि आफूहरुले गठबन्धन गरेर राजनीतिमा फर्किनु परेको बताउदै आएका छन ।

तर अघिल्लो सरकारले नेता इब्राहिमलाई पनि भ्रष्टाचारको आरोपमा जेल हालेको थियो । पछि उनलाई काराबासको सजाय दिइएको थियो ।
भावी प्रधानमन्त्रीका रुपमा ७१ वर्षीय राजनीतिज्ञ अन्वार इब्राहिमलाई हेर्न थालिएको चर्चा यतिखेर मलेसियामा चलेको छ र्। एजेन्सी



प्रतिक्रिया दिनुहोस्