Logo

पाँच सेकेन्डमा लियो ६०को ज्यान



काठमाडौँ,३ काक्तिक । भारतको पञ्जावमा शूक्रबार राती रावण दहनको हेर्ने गएका मानिषको भिडमाथि टे«नले किच्दा दर्जनौको मृत्यु भएको छ। लिकमाथि उभिएर रमाईलो हेरी रहेको भिडमा एक्कासी ट्रेन काल बनेर प्रवेश गरेको जनाईएको छ  । सबैजना रावण जलाएको हेर्न आएको भिडमा अकस्मात ट्रेन आउदा कम्तीमा ६२ जनाको मृत्यु भएका हो भने ८० जना भन्दा बढि गम्भीर धाईते भएको जनाईएको छ ।

प्रतेक बर्ष जस्तै यो पटकपनि दशहराको अन्तीम दिन रावणको दोहनको कार्यक्रम राखिएको थियो । रावण दोहन हेर्नकोलागि त्यहाँ बिशिष्ट ब्यक्तित्व सहित हजारौ मानिषको भिड लागेको थियो । आयोजना स्थल ट्रेनको लिक नजिक भएका कारणपनि मानिषहरु उभिने ठाँउको अभावमा रेलको लिकमाथि नै उभिएर हेरेरहेको जनाईएको छ ।

रावण दोहनको समय र टे«नको आउने समय एकै भएका कारण र रावणको शरिरमा लगाईएका पटाकाका ठुलो आवाजका कारणपनि ट्रेनको आवाज नसुनिएको जनाईएको छ । टे«नले करिव पाँच सेकेण्डमा करिव ६०को ज्यान लिएको जनाईएको छ । मृतकको शरिर क्षतबिक्षत अवस्थामा रहेको कारणपनि शवको पहिचानमा अप्ठेरोपरिरहेको पञ्जाव प्रहरीले जानकारी गराएको छ । भारतिय केन्द्रीए रेल राज्यमन्त्री मनोज सिन्हाले घटनास्थलको निरक्षण गरेका छन ।

जलन्धरबाट प्रञ्जाव आईरहेको सो टे«नले मानिषलाई किचेको बताईएको छ । घटनामा प्रसासनिक कमजोरी रहेको बताउदै स्थानिय सर्वसाधारणले आज बिहानैदेखि त्यो क्षेत्रमा प्रर्दशन गरिरहेका छन । पञ्जाव सरकारले घटनाको छानबिन भइरहेको र दोसिमाथि कारवाहि हुने जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्