Logo

रसुवाली कविको कविता : गाउँमा आलुबारी कुरिबसेको बुख्याचा



काठमाडौं।

शिर्षकः गाउँमा आलुबारी कुरिबसेको बुख्याचा

यस्तो कि तिमिलाइ
जिन्दगीको अलिकति पनि लय मनपर्छ भने
उ त्यो नदीको कलकललाई हेर

तिमिलाइ अलिकति पनि मनपर्छ भने दुखियाहरुको गीत
बाका निधारमा छल्किरहेको
पसिनाको कुनैपनी कणलाइ हेर

तिमिलाइ मनपर्छ भने शान्ति
त्यो पहाडी नानीको घागर छोइ जाने हावालाई हेर

तिमिलाइ लेख्नुछ भने दुस्खको कविता
खेतलाहरुको चेहरामा हेर
दुस्खमा पनि कस्तरी हास्दैछ्न ती

ती सबै कुरा छोडेर
गाउँमा आइपुगेको छ महत सडक
त्यो सडकमा धुलो उडाउदै साइरन बजाउदै
आइपुग्नु थालेको छ सब बाहन
कहिले त्यो बृद्द्द बाको
लास बोकी घाटतिर लाग्छ
कहिले जवान छोराको लास बोकी
घर तिर ल्याउछ

आजकाल नमिठो सुनिन्छ
साइरनको आवाज गाउँतिर

यो मंसिरको महिना
पहाडमा आलु रोप्ने महिना
आलु रोपेर छोडेर गएको छ कसैले
मान्छे जस्तै एउटा बुक्याच्चा बनाएर
वालाई तर्साउछ बहुत तर्साउछ यो बुक्याच्चाले
सर्ट हल्लाउँदै हल्लाउँदै छोरो घर आयो कि ?

गाउँको खबरको छैन ।



प्रतिक्रिया दिनुहोस्