Logo

नेकपाको सचिवालय बैठक बस्दै, केही मन्त्री हटाउने



काठमाडौं, ४ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक अहिले केही बेरमा बस्दैछ । पार्टीको तल्ला कमिटिको एकता प्रक्रिया, स्थायी कमिटी बैठकको एजेण्डा तथा सरकारको कामकारबाहीका बिषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान ११ बजेपछि बस्ने बैठकमा मुख्यगरी प्रदेशका पदाधिकारी छनोट,सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि प्रदेश कमिटीका पदाधिकारी एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गर्दै सचिवालयमा असन्तुष्टि पत्र नै दर्ता गराएका थिए ।



प्रतिक्रिया दिनुहोस्