काठमाडौं । नेपाली रियालिटी ‘शो’ नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका हुन दृष्टिविहिन मेनुका पौडेल । साच्चै संसार देख्ने आँखा भन्दा अन्तरदृष्टी ठूलो कुरा हुने रहिछ । नेपाल आईडलले छान्न नसकेकी पौडेलको सुमधुर आवाजले प्रायलाई प्रभावित पार्न सफल भईसकेको थियो ।
नेपाल आइडलबाट उपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगीतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् । जुन गीतहरुले अत्याधिक सफलता पाए । संगीतकार तथा प्रत्रकार रमेश संग्रौलाले स्टुडियोसम्म लिएर आफ्नो गीत दिएका थिए ।
सांगीतिक क्षेत्रमा केही गर्ने सोचकासाथ उनी भारत कै चर्चित गायन रियालिटी ‘शो’ ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् ।
स्यावास मेनुका बहिनी। दुनिया देख्नलाई आँखा चाहिने रहेनछ । तिम्रो अन्तर दृष्टिकोणले नेपालको शिर एकपटक एक इन्च माथी उठाएकीमा धन्यवाद !
Posted by धनराज वास्तविक on Sunday, 21 October 2018
नेपालबाट पहिलो पटक सारेगामापाको अडिसनमा उनी चुनिएकी थिईन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकीछिन् । उनले गाएको भिडियो भाईरल भइरहेको छ ।
उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा ‘शो’मा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए । उनको प्रस्तुतीको प्रशंसा गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।
जजको रुपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफ्नो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” ।