Logo

बालुवाटारमा आजपनि टिका लगाउनेको भीड



काठमाडौं, ५ कात्तिक । बिजया दशमी अर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन्।

सरकारले एकादशी सम्म मात्रै दशै विदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थी सम्म प्रधानमन्त्रीले टीका लगाईदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधरण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओली बिहानै देखि बालुवाटार पुगेकाहरुलाई टीका र जमरा लगाउन व्यस्त रहेका छन्। आईतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउन मै व्यस्त भए। यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधरण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन्।

यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशीसम्म सर्वसाधरणलाई टीका लगाइदिने छन्।



प्रतिक्रिया दिनुहोस्