Logo

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बासको लौरोमा सलाइन !



काठमाडौं । शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत प्राध्यापक सामाजिक अभियान्ता डा.गोविन्द केसीले १५औं अनसनमा जोडदार रुपमा उठाएको मागभित्र परेको थियो प्रदेश नम्बर ५ को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ ।

केही साता अघि मात्रै उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानले आधिकारिक रुपमा सेवा सञ्चालन गरेको छ । रा.उ.क्षे अस्पतालबाट वृहत स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढोत्तोरीत भएको अस्पताललाई नामलाई हेरेर मख्य पर्ने या अस्पतालले दिदै गरेको सेवाबाट खुसि हुने ? भन्ने अबको प्रश्न हो ।

असोज २३ गते उक्त प्रतिष्ठानमा प्रवेश गर्ने अवसर जुरेको थियो । संरचना बन्दै गरेका छन् । सायद सेवा सुविधाहरु थपीदै छन् । सामान्य भन्दा सामान्य मापदण्डहरु पूरा नगरिकन सञ्चालनमा ल्याईएका कुनैपनि अस्पतालको बिरुद्धमा जो कोही नागरिक उभिनुपर्छ ।

एउटा जिम्मेवार नागरिक हुनुको नाताले अस्पताल अस्वास्थ्यकर सेवा देखेर अत्यन्तै दुखित बनायो । शैचालय, सरसफाईको समेत राम्रो प्रवन्ध मिलाउन नसकेको प्रतिष्ठानले नाम बद्लेर मात्रै हुँदैन । सेवामा पनि प्रभावकारीता देखाउनु पर्ने हुन्छ । आफ्न्त प्रसुती भएपछि नर्मल वार्डमा पुग्दा झनै अच्चमित भए ।

बासको लौरोमा सलाइन

पुराना वेड, कति भत्केका, कति च्यातिएका, कोही फोहोरले निथुक्र्क भिजेका, प्रसुती भवनका खुल्ला झ्याल, दिनको एकपटक मात्रै सफा गरिएको पाईएको उक्त प्रसुती वार्डमा अर्को कुरा पनि देखियो । बासको टागोको सलाईन !

एकछिन अलमल परे । यो वृहत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान होकी ? अरु केही ? साच्चै म स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र छु कि अन्तै कतै ? म तीन छक परे । त्यतिमात्रै होईन शौचालयको ढोकासम्म प्रसुती बेडहरु खचा खच छन् । फोहोरका बाल्टीहरु खुल्ला अवस्थामा छन् । शैचालयभित्र प्रवेश गर्न सकिने स्थीति छैन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान खोलिनुमा विमती होईन । संस्थाले दिदै आएको सेवामाथि गम्भिर प्रश्न हो ।

शिशु र प्रसुती राखिने वार्डको संम्वेदनशीलता प्रति अस्पताल प्रशासन यति गैर जिम्मेबारी रहेको देख्दा डा.गोविन्द केसीले प्रतिष्ठान खोल्नुपूर्व चाहिने मापदण्डका बारेमा बोल्खै आएका कुरा एक पटक फेरी सम्झिन पुगे ।

भविष्यको कर्णाधारका रुपमा लिईने नवजात शिशुको जीवनमाथि अस्पताल जिम्मेबार बन्नैपर्छ । सरसफाईमा ध्यान दिनैपर्छ । सेवा ग्राहीको सेवामा खटिएका कर्मचारीहरुको व्यबहार पनि सन्तोस जनक पाईएन । जुन व्यवहार केही निजि स्वास्थ्य संस्थामा अनुभव गर्न पाईन्छ ।

करिब डेढ दिनको बसाइसम्म जन्मेका सम्पूर्ण शिशु र आमाको बारेमा खुब चिन्तामा बिते । प्रशासन र सम्बन्धित फाटमा पुगेर सुझाव पनि दिए । यो संम्वेदनशिलता बुझ्नुहोस्, शिशुको जीवनमाथिको खेलवाड गर्न सख्त मनाही छ भनेर भन्दा कर्मचारीहरुको आवाज हो र ? हामी गर्छौंसमम भनेको सुनियो ।

आजका दिनसम्म पनि प्रतिष्ठानको प्रसुती गृहको हालत उस्तै छ । समग्रह अस्पतालको सरसफाईमा गुणस्तर आउन सकेको छैन् । ठूला ठूला सेवा सूविधा दिन तत्काल नसकिएपनि शैचालय सफा, पानिको ब्यवस्था, प्रसुती गृहको छिछि र दुरदुरको अवस्थाको अन्त्य गर्न कुनै कानून र कुनै आईतबार कुर्नुपर्ने देखिदैन । चेतना भया ।



प्रतिक्रिया दिनुहोस्