Logo

विद्यालयलाई जापानबाट सहयोग



काठमाडौँ, ७ काक्तिक । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–६ मा रहेको भाग्योदय आधारभूत विद्यालयमा जापानस्थित गैरे सेवा समाजले अक्षयकोष स्थापनाका लागि रु एक लाख ५० हजार सहयोग गरेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष डिलाराम गैरेले गरीब तथा विपन्न परिवारका विद्यार्थी पढ्दै आएको उक्त विद्यालयलाई सहयोग गर्न पाएकामा आफूहरू हर्षित भएको बताएका छन । बागलुङ जिल्लाको गल्कोटबाट विसं २०६८ देखि ‘मानव सेवा नै धर्म हो’ भन्ने मूलमन्त्र लिएर उक्त संस्थाले सेवा गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्