Logo

बौद्धिक सम्पत्ति संरक्षणप्रति सरकार गम्भीर छः मन्त्री यादव



काठमाडौँ, ७ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ ।

विश्व बौद्धिक सम्पत्ति सङ्गठन डब्लुआइपिओका महानिर्देशक फ्राङ्सिस गुरीसँग मङ्गलबार अपराह्न जेनेभामा भएको भेटवार्ताका क्रममा उहाँले बौद्धिक सम्पत्तिसम्बन्धी पूराना कÞानूनको पुनर्विचार गर्दै राष्ट्रिय हित अनुकूल नयाँ ऐन ल्याउने तयारी भइरहेको बताउनुभयो ।

मन्त्री यादवले बौद्धिक सम्पत्तिसम्बन्धी कानून कार्यन्वयनमा थूप्रै चुनौती र बौद्धिक सम्पत्तिसम्बन्धी आमजनताबीच बृहत जनचेतनाको खाँचो रहेको जानकारी गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री यादवले भौगोलिक विविधता र प्राज्ञिक क्षेत्रमा भइरहेको खोज अनुसन्धान, बौद्धिक सम्पत्ति विशेष गरी ‘पेटेन्ट’ र भौगोलिक सूचनासम्बन्धी बलियो कÞानूनले नेपाललाई विश्व मानचित्रमा नयाँ किसिमको पहिचान दिने विचार व्यक्त गर्नुभयो ।

नेपाललाई बौद्धिक सम्पत्तिसँग सम्बन्धित नयाँ कÞानून, जनतचेतना, जनशक्ति निर्माण र यसका लागि चाहिने एकीकृत कार्यालयका निम्ति प्रविधिक र गÞैरप्रविधिक सहयोगको खाँचो आवश्यक रहेको बताउँदै मन्त्री यादवले विश्व बौद्धिक सम्पत्ति सङ्गठनले नेपाललाई गरेको सहयोगको प्रसंशा गर्नुभयो ।

भेटवार्तामा डब्लुआइपिओका महानिर्देशक गुरीले बौद्धिक सम्पत्ति संरक्षण गर्न आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन अङ्कट्याडको विश्व लगानी मञ्चमा भाग लिने सिलसिलामा मन्त्री यादव गत आइतबारदेखि जेनेभामा हुनुहुन्छ ।

मन्त्री यादवले सोमबार बहुपक्षीय व्यापार पद्धति तथा व्यापार सम्झौतालगायत अल्पविकसित देशका व्यापारको समस्याबारे विश्व व्यापार सङ्गठन डब्लुटिओको महानिर्देशक रोबर्टो आजेभेडोसँग छलफल गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्