Logo

नेपालमा लगानीकालागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान



काठमाडौँ, ८ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ ।

अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उनले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीतिबारे जानकारी दिएका छन । जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य हासिल गर्न सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

जलविद्युत्, पूर्वाधार, पर्यटन, कृषि, खनिज तथा खनिजजन्य उद्योगबाट प्रचुरमात्रामा प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गरे। बुधबार नै मन्त्री यादवले व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रिसङ्घीय सम्मेलन अङ्कट्याडका महासचिव मुखिसा किटुवीलाई भेटेर नेपालको उद्यमशीलता विकास, साना तथा माझौला उद्योगको प्रवद्र्धनमा प्राविधिक सहायता बढाउन आग्रह गरेका छन । रासस



प्रतिक्रिया दिनुहोस्